१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खहरेखोलामा माछा मार्न गएका दुईजनाको डुबेर मृत्यु


0
Shares

हरि शर्मा (इमेज)

परासी, असार २६ । पश्चिमी नवलपरासीको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरेखोलामा माछा मार्न गएका दुईजनाको शुक्रबार डुबेर मृत्यु भएको छ ।

मृत्युु हुनेमा सोही ठाउँको पोटाहा गाउँका २० वर्षीय सुधीर विक र १८ वर्षीय प्रविण विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

माछा मार्न तीनजना साथी मिलेर गएका थिए ।

खोलामा बाढी आएका बखत गएकामध्ये सुरूमा प्रविण चिप्लिएर डुबेका थिए । तत्काल उनलाई बचाउन खोलामा पसेका सुधीरलाई पनि डुबाएर बगाएको थियो ।

सँगै गएका अर्का साथीले घटनाबारे जानकारी दिएपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेका थिए ।

तीन घन्टापछि उनीहरूको शव डुबेको स्थानदेखि ५०० मिटर तल फेलापरेको नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।