२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


‘सीसीएमसी’ बैठकमा मेयरहरुलाई आमन्त्रण


0
Shares

काठमाडौं, असार २६ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस नियन्त्रणका लागि समन्वय गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा अन्य नगरपालिकाका मेयरहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आमन्त्रण गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि समन्वय, व्यवस्थापन गर्न मेयरहरुलाई पनि बैठकमा आमन्त्रण गरेको जनाएको छ ।

नेपालमा लगानी गर्ने लगानीकर्ता, प्रतिनिधि, व्यवस्थापक, कर्मचारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख र कर्मचारीलाई नेपाल आउन स्वीकृति दिन प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णयसमेत भएको सचिव महेन्द्रप्रसाद गुरागाइँले जानकारी दिनुभयो ।

१२ तारिखसम्म भइरहेको उद्धारका उडानतालिका अब एक हप्तासम्म स्वास्थ्य, पयर्टन र श्रम मन्त्रालयको समन्वयमा उडानतालिका प्रकाशन गर्ने निर्णयसमेत गरिएको छ ।