२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपालमा बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति भारत र पाकिस्तान दुःखी: ‘हामी नेपाली जनताको साथमा छौं’


0
Shares

काठमाडौं । तीन यता परेको अविरल बर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति भारत र पाकिस्तानले चिन्ता ब्यक्त गरेका छन् ।

नेपालस्थित भारतीय दूतावास र पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका हुन ।

विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं ।

हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’

नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

‘बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी देशका विभिन्न भागमा २३ जनाले ज्यान गुमाइसकेका छन् भने ३६ जना बेपत्ता छन् ।