२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकै ठूलो शालिग्राम डुवानमा, कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च


0
Shares

पर्वत । अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम रहेको क्षेत्र र त्यहाँ रहेको शिला डुवानमा परेको छ ।

पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नम्बर ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्ण रुपमा डुवानमा परेको हो ।

शिला डुवानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितहरुसमेत विस्थापित भएका छन् ।

शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयन समेत पानीले पूर्णरुपमा क्षति पुराएको छ ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा छ ।

सेतीबेणीबजार डुबानको खतरा बढेपछि यस क्षेत्रका झण्डै दुई सय ब्यापारी तथा सर्वसाधरणहरु त्रसित बनेका छन् ।