काठमाडौं, असार २७ । पछिल्लो समय सेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण सेयर बिक्री गर्ने तयारी भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डकाअनुसार पाँच अर्ब ८४ करोड ९१ लाख बराबरको ८४ लाख नौ हजार ८७१ कित्ता सेयर बिक्री हुनलागेको छ ।
यसमध्ये १० जलविद्युत् कम्पनी, चार बिमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी रहेका छन् ।
इन्स्योरेन्स कम्पनीहरुमा जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्