१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अरनिको राजमार्ग अवरुद्ध, तातोपानी नाकासम्म आवत–जावतमा कठिनाइ


0
Shares

सिन्धुपाल्चोक, असार २७ । निरन्तर वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले अरनिको राजमार्गका ११ स्थानमा सडक कटान तथा अवरुद्ध हुँदा तातोपानी नाकासम्म आवत–जावत गर्न कठिन भएको छ ।

गत बुधबारदेखिको वर्षापछि आएको बाढी र पहिरोले सडक बिगारेपछि तातोपानी नाकामा समेत आवत–जावत गर्न कठिन भएको हो ।

बाढीले सिन्धुपाल्चोकको जुरेमा झन्डै १०० मिटर सडक क्षतिग्रस्त बनाएको छ भने बाह्रबिसे बजारछेउको सडक पनि कटान गरेको छ ।

जुरेदेखि तातोपानीसम्म अरनिको राजमार्गका ११ स्थानमा सडक क्षतिग्रस्त भएको छ ।

नेपाल र चीनबीचको व्यापारकाक्रममा सो नाकाबाटमात्रै दुई अर्ब बढी राजस्व संकलन हुने गरेको थियो ।

चीनले सुक्खा बन्दरगाह बनाएर नाका खुलाउन लागेको बेला फेरि बाढीले सडक अवरुद्ध भएको छ ।

चीनले सो नाकाबाट नेपाल भित्रिने पाँच–छओटा गाडी दैनिक छोड्ने गरेको थियो ।

बाटो छिटो नबनेमा दुई देशबीचको व्यापार–व्यवसायमा असर पुग्ने हिमालय सीमापार व्यापार संघले जनाएको छ ।

तातोपानी नाका हुँदै चीनबाट नेपालमा तयारी पोसाक, जुत्ता, इलेक्ट्रोनिक्स सामान, औषधि, हार्डवेयरका सामान, फलफूलहरु आउने गर्छन् ।