५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको छु : दाहाल


0
Shares

काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको बताउनुभएको छ ।

चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागेको बताउनुभएको हो ।

नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको भन्दै हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्नेमा आफू सचेत रहेको उल्लेख गर्नुभयो ।

हतार गरेर कुनैखालका गतिविधि नगर्न कार्यकतालाई आग्रह गर्दै दाहालले एकताको पक्षमा दृढ भएर उभिने समय आएकोमा जोड दिनुभयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने विश्वास दिलाउनुभयो ।