काठमाडौं । स्पेनिस लिग फुटबल ला–लिगामा बार्सिलोनाले रियाल मड्रिडमाथिको दबाब कायमै राखेको छ ।
गएरातिको खेलमा रियाल भालाडोलिडलाई १–० ले हराउँदै बार्सिलोनाले तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडसँग एक अंकको दुरी बनाएको हो ।
बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडको ८० अंक छ ।
ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले रियाल बेटिसलाई १–० ले हराउँदा ओसासुनाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्