काठमाडौं । नरिच सिटी इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजनबाट रेलीगेशनमा पर्ने पहिलो टिम बनेको छ ।
गएराति भएको ३५ औं चरणको खेलमा वेष्ट ह्याम युनाईटेडसँग ४–० ले पराजित भएपछि नरिच इंग्लीश फुटबलको शिर्ष डिभिजनबाट दोस्रो श्रेणीमा घटुवा भएको हो ।
अन्तिम पटक २०१६-१७ को सिजनमा च्याम्पियनसिपमा झरेको नरिचले यो सिजनको सुरुवाती केही चरणमा राम्रो प्रदर्शन गरेपनि त्यसपछि लगातार खस्किएको थियो ।
यो सिजनमा नरिचले अहिलेसम्म खेलेका ३५ खेलमध्ये ५ खेलमा मात्रै जित निकालेको छ । उसले ६ खेल बराबरी गर्दा २३ खेल हारेको छ ।
प्रिमियर लिग फुटबलमा गएराति च्याम्पियन लिभरपुललाई बर्नलेले १–१ गोलको बराबरीमा रोक्दा शेफिल्ड युनाईटेडले चेल्सीमाथि ३–० को सहज जित निकालेको छ ।
यसैगरी वाट्फोर्डले न्युकासल युनाईटेडलाई २–१ ले हराउँदा म्यान्चेस्टर सिटीले ब्राइटनलाई ५–० को फराकिलो अन्तरमा पाखा लगायो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्