५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सप्तकोशीमा पानीको बहाव घट्यो


0
Shares

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव घटेको छ । आइतवार विहान ७ बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड एकलाख ९९ हजारमा झरेको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सप्तकोशीका ५६ मध्ये ३३ ढोका खोलिएका छन् । लगातार परेको अविरल वर्षाका कारण शुक्रवार पानीको बहाव प्रतिसेकेण्ड २ लाख ४० हजार ५ सय ६५ हजार ५५ क्यूसेक पुगेको थियो ।

सप्तकोशीमा प्रतिसकेण्ड पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव बढेपछि खतरा हुन सक्ने भन्दै कोशी आसपासका बासिन्दालाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।