२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न


0
Shares

रौतहट । लगातारको वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले गौर नगरपालिकाभित्रको भन्सार क्षेत्र जलमग्न भएको छ ।

गौर नगरपालिका–२ स्थित महादेबपट्टी बाट लालबकैया नदीको पानी प्रवेश गरेसँगै भन्सार क्षेत्रमा पानीको सतह बढदै गएको हो ।

भन्सार क्षेत्रको ससस्त्र प्रहरीको बेश क्याम्प र प्रहरी चौकी स्थानान्तरण गरिएको छ भने सर्वसाधारणलाई सुरक्षित रहन अपिल गरिएको छ ।

रातभर परेको वर्षाले डुबानको जोखिम बढेको हो । यस्तै ईशनाथ नगरपालिका–१ को बन्जरहाको बस्ती र राजपुर नगरपालिका–८ बलुवा टोल पनि डुबानमा परेको छ ।