२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाको कारण व्याहोरेको क्षतिपुर्ति माग्दै इजरायलमा सरकार विरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं । इजरायल सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम सिर्जना गरेको भन्दै प्रदर्शन गरिएको छ ।

इजरायलको तेल अभिभमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले कोभिड १९ का कारण सर्वसाधारणले व्यहोरेको क्षतिपूर्ति बापतको रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै सरकार विरोधीले चर्को नारा लगाएका थिए ।

युवा युवतीहरुको संख्या उल्लेख्य रहेको प्रदर्शनमा व्यापारी र मजदुरहरु पनि सहभागी भएका थिए । कोरोनाका कारण आफूहरुले आर्थिक संकटको सामना गरिरहेको भन्दै उनीहरुले सरकारले कोरोनाका बेला ठोस योजना नल्याएको भन्दै सरकारको चर्को बिरोध गरेका छन् ।

प्रदर्शनकारीहरुले मास्कको प्रयोग गरेतापनि सामाजिक दुरी भने कायम गरेनन् । प्रदर्शन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही व्यापारी र मजदुरहरुसंग भेट गरी मुलुक आर्थिक संकटको बिषम परिस्थिती भोग्न बाध्य भएको भन्दै क्षतिपूर्ती बापत पारिश्रमिक दिन ढिलाई भएको जानकारी दिंदै छिट्टै नै यसको समाधान गर्ने आश्वासन दिनुभएको थियो ।

प्रधानमन्त्रीको आश्वासन प्रति असन्तुष्टी जनाउँदै उनीहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

इजरायलमा कोरोना संक्रमितकोे संख्या ३७ हजार ४ सय बढी रहेको छ भने हालसम्म ३ सय ५४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ शनिबार एकैदिन १५ सय जना संक्रमित थपिएका थिए । एजेन्सी