
पलिस्था रञ्जितकार/इमेज
भक्तपुर । भक्तपुरका युवाहरुको एउटा समुह सडकमा खान नपाएर अलपत्र परेका र दुर्घटनामा परेका कुकुरहरुको उद्दार गर्न सक्रिय भएका छन् ।
‘टुगेदर फर पज’नामक संस्थामार्फत यी युवाहरुको समूहले भौंतारिएका कुकुरको उद्दार गरेर मानवताको परिचय दिएका छन् ।
कुनै दातृ निकाय वा संघसंस्थाको मद्दत नलिइकनै सडकमा खान नपाएर भौतारिएका र दुर्घटनामा परेका कुकुरहरुलाई उद्दार र मद्दत गर्न भक्तपुरका युवाहरुको एउटा टोली लागिपरेको छ ।
टुगेदर फर पज नामक एउटा सँस्थामार्फत यी युवाहरुको समुहले बाटोमा अलपत्र परेका कुकुरहरुलाई खाना खुवाउने काम एक वर्षदेखि गर्दै आएको छ ।
यस्तै यो समुहले आफ्नै खर्चमा एउटा मेडिकल टिम पनि गठन गरेको छ जसले बाटोमा घाइते भएका कुकुरहरुलाई त्यही ठाउँबाट उद्धार गरेर औषधि गर्ने गरेको छ ।
सडकमा सवारीको ठक्करबाट घाइते भएकादेखि रोगबाट ग्रस्त भएर बेवारिस छोडिएका कयौँ कुकुरहरुको औषधि युवाहरुको समुहले गर्दै आएको छ ।
बिना कुनै आर्थिक लाभ समुहकै सदस्यहरुको सहयोगबाट यस्तो काम गरेर मानव हुनुको धर्म निर्वाह गर्न पाउँदा निकै गर्वको अनुभुति भएको उनीहरु बताउँछन् ।
समुहका सबै स्वयंसेवकहरु स्वेच्छाले आफ्नो समय, सुझाव र आर्थिक सहयोग गरेर सहयोग पु¥याउने गरेका छन् । यो समुहले स्वतस्फुर्त रुपमा टुगेदर फर पज नामक फेसबुक पेजबाट काम गर्छ ।
बाटोमा कुनै कुकुर घाइते भएमा समुहलाई फोन या फेसबुक पेजमार्फत खबर हुन्छ र टोली तत्काल उद्धार र खानाका लागि घटनास्थलमै पुग्छ ।
उद्धार र मेडिकल उपचारका लागि धेरै पैसा चाहिने भएकाले खर्च जुटाउन सांगितिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु यो टोलीले गर्दै आएको छ ।
विशेषगरी लकडाउनका समयमा मानिसरुको आवतजावत कम हुँदा यो टोलीले कुकुरको उद्धार र खानामा जोड दिएको थियो ।
मानिसले नाफा मात्रै हेर्ने अहिलेको समयमा युवाहरुले देखाएको यो सक्रियता सराहनीय छ । पैसा नै ठुलो कुरा होइन भन्ने सत्यलाई यी युवाहरुले सिद्द गरेका छन् । हेर्नुहोस् भिडियो
प्रतिक्रिया दिनुहोस्