२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वीरगञ्जबाट ४२ हजार स्मार्टकार्ड बाँडिदै


0
Shares

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले अबको एक महिनाभित्र ४२ हजार चालक अनुमति पत्र बाँडने लक्ष्य राखेको छ ।

तीन महिना लकडाउन हुँदा लाइसेन्सको छपाइमा तीव्रता आएको र नयाँ सेवाग्राही नबढेपछि लाइसेन्स वितरणको समस्या हल हुन लागको हो ।

कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनले गर्दा यातायात कार्यालयले विगत ४ महिनामा सवारी चालक अनुमति पत्रको परीक्षा नलिएकाले सेवाग्राहीको संख्या नबढेको हो ।

१७ हजार लाइसेन्स छापेर आइसकेकाले विस्तारै वितरण पनि सुरु भएको नारायणी यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाका प्रमुख सुशील साहले जानकारी दिनुभयो ।