२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


बलिउड कलाकार ऐश्वर्या राय र छोरी आराध्यामा कोरोना पोजेटिभ


0
Shares

काठमाडौं । बलिउडका कलाकार र उनीहरुका परिवारमा पनि कोरोना संक्रमणको शिकार भएका छन् ।

अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना पोजेटिभ देखिएको समाचार बाहिरिए लगत्तै अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

आफ्नी आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको अनुपम खेरले आइतबार ट्वीट गरेर जानकारी दिएका छन्।

यता, ऐश्वर्या राय बच्चन र १० बर्षीया छोरी आराध्यामा पनि कोरोना पोजेटिभ देखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दोस्रो चरणको कोरोना परीक्षणमा ऐश्वर्या र आराध्यामा कोरोना पोजेटिभ देखिएको हो।

जया बच्चनको भने दोस्रो चरणको टेस्टमा कोरोना नेगेटिभ नै देखिएको छ। यो सँगै बच्चन परिवारमा ४ जनामा कोरोना पोजेटिभ भएको छ।