
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो ।
देशका अधिकांश राज्यमा गत हप्ताको तुलनामा संक्रमणको दर पुनः बढेको सरकारी अधिकारीहरुले जनाएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्