१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महामारी नियन्त्रणका लागि भन्दै दक्षिण अफ्रिकामा मदिरा बिक्री वितरणमा रोक


0
Shares

काठमाडौं । कोरोनाको महामारी बढ्दै गएपछि दक्षिण अफ्रिकाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

घर बाहिर निस्कने सर्वसाधारणरले अनिवार्य मास्क लगाउनुपर्ने भन्दै सरकारले तीव्र गतिमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका प्रयासहरु भइरहेको जनाएको छ ।

दक्षिण अफ्रिकामा यस वर्ष दोस्रो पटक मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको हो । अफ्रिकामा मात्र विश्वमा रहेका संक्रमितमध्ये एक चौथाइ दक्षिण अफ्रिकामा मात्र रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।

दक्षिण अफ्रिकामा हालसम्म कोरोनाका कारण चार हजार मानिसको मृत्यु भइसकेको छ भने यो वर्षको अन्त्यसम्ममा करिब ५० हजारको मृत्यु हुन सक्ने सरकारी अधिकारीहरुको अनुमान छ । एजेन्सी