१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रिमियर लिगः टोटनह्यामद्वारा आर्सनल पराजित


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ ।

गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे ।

पराजित टोली आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीलाई ४–१ ले पाखा लगाउँदै बर्नमाउथले प्रिमियर डिभिजनमा जोगिने संभावना बलियो पारेको छ ।

गएराति आफ्नै मैदानमा हात पारेको जितपछि बर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ ।

बर्नमाउथ रेलीगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा रहेको वाट्फोर्डभन्दा ३ अंकले पछि रहेको छ ।

यो सिजन नरिच सिटी रेलिगेशनमा परिसकेको छ भने एस्टन भिल्ला रेलीगेशनको संघारमा छ ।

गएराति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ । एजेन्सी