
रसुवा । तीन महिनापछि रसुवा भन्सार कार्यालयले राजस्व संकलन गर्न थालको छ ।
एक साता अघि आयात भएर रसुवा भन्सारमा राखिएको सामग्रीको भन्सार जाँचपास गरी राजस्व संकलन गरिएको छ ।
आयातकर्ता र तिनका प्रतिनिधिहरुबाट सामानको घोषणको प्रक्रिया गरेसँगै भन्सार जाँचपास प्रक्रिया सुरु भएकोे रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताउनुभयो ।
भन्सार कार्यालयले कन्टेनरको डिसइन्फेक्सन गर्ने र सामग्रीको प्याकिङ लिस्ट बनाउने काम भएकाले हिजोदेखि नै जाँचपास सुरु भएको हो ।
नाकामा दैनिक चारवटा चिनियाँ सवारी साधनहरुले सामान ल्याई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्