
बाग्लुङ । बाग्लुङमा भारतबाट आएर क्वारेन्टिन बसेकाहरुलाई गाउँपालिकाले धमाधम आरडिटी परीक्षण गर्दै घर पठाउन थालेपछि गाउँबासी त्रसित बनेका छन् ।
जिल्लाको निसीखोला गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म क्वारेन्टिनमा राखेर एक हप्ता घर बस्न भन्दै पठाएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आएका ७ सय ९० जना मध्ये ३ सय ८३ जनाको पीसीआर परीक्षण गरेको छ भने ३ सय ५३ जनाको आरडिटी परीक्षण गरी घर पठाएको छ ।
पीसीआर परिक्षणमा ढिलाई भएपछि आरडिटी परीक्षण गरी घर पठाइएको हो । पीसीआर नगरी घर पठाइएपछि समुदायमा कोरोना संक्रमणको जोखिम र त्रास बढेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।
क्वारेन्टिनमा बसेर घर फर्किएकाहरु गाउँमा खुलेआम डुल्न थालेका छन् । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले क्वारेन्टिनबाट घर पठाएकालाई गाउँपालिकाले आवश्यक स्वास्थ्य परामर्श दिई रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्