२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सखुवासभामा पहिरोमा हराएका ११ जना अझै भेटिएनन्, खराब मौसमका कारण खोजीमा कठिनाई


0
Shares

संखुवासभा । सखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै बेपत्ता भएका छन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा हिजो गएको पहिरोमा परेर हराईरहेका ११ जनाको उद्धार र खोजीमा कठिनाई भएको छ ।

उद्धार र राहतका लागि गएको हेलिकोप्टर खराब मौसमका कारण जान सकेको छैन । पहिरोमा ८ घर बगाएको छ भने ११ जना बेपत्ता छन् ।

पहिरोको कारण उच्च जोखिम भएपछि त्यस गाउँका ७३ घरका ३ सय २८ जनालाई वडा नम्बर–१ को चित्रे डाँडामा सारीएको छ ।

घटनास्थलमा पानी परिरहेकाले खोजी कार्यमा कठिनाई भएको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदवारीबाट एक दिनको पैदल दूरीमा रहेको छ ।

यातायातको साधन नचल्ने भएकाले र खराब मौसमका कारण उद्धारका लागि हेलिकप्टर पुग्न नसकेको बताइएको छ ।

सदरमुकाम खाँदवारीबाट प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना त्यसतर्फ पैदल मार्ग हुँदै गएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।