२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतबाट शव ल्याउन आज झुलाघाट नाका खोलिने


0
Shares

बैतडी । भारतको झुलाघाटमा मृत फेला परेका बैतडीका बालकको शव नेपाल ल्याउन आज झुलाघाट नाका खोलिने भएको छ ।

आइतवार चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका– ६ चौसेराका ९ बर्षीय बालक रुपेश नाथ बेलुका ७ बजे महाकाली नदी पारी झुुलाघाटमा फेला परेका थिए ।

मृत बालकको शव ल्याउन नेपाल भारत सीमानाका आज खोलिने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

मृत बालकको शव परिक्षण भारतमै गरिने र त्यसपछि मात्र नेपाल ल्याइने भएको हो ।

बाख्रा चराउन गएका बेला नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा हिजो दिउँसो २ बजे रुपेश बगेका थिए ।