१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भानुको गाउँ ओझेलमा, जन्मघर बन्यो खण्डहर (भिडियो)


0
Shares

उपेन्द्र खनाल, ईमेज
तनहुँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल ओझेलमा पर्दै गएको छ ।

चुँदीरम्घास्थित ऐतिहासिक धरोहर आदिकविको जन्मघर जलेर ध्वस्त भएको १८ वर्ष पुग्न लाग्दासमेत पुनर्निर्माण भएको छैन ।

स्थानीयबासी तथा साहित्यिक पर्यटकहरु भानुको जीर्ण घर देखेर निराश छन् ।

आदिकविको घर निर्माण गर्न विभिन्न सघसंस्थाले पहल थाल्ने बताएको भएपनि अहिलेसम्म कसैले चासो देखाएका छैनन् ।

घरको पुनर्निर्माण हुन नसक्नु पुर्वाधार नथपिनु लगायतका समस्याले भानु जन्मस्थल दिनानुदिन खन्डहर बनेको हो ।

आचार्यको जन्मघर भग्नाबसेस अवस्थामा भएपनी नजिकै रामायण भवन भने निर्माण गरिए्को छ ।

जंगलको विच भागमा रहेको आदिकविको भग्नावशेष घरमा पुग्नको लागि कच्ची सडक भएपनि मर्मत हुन सकेको छैन ।

भानु जन्मस्थलको बिकास हुन नसक्नु राजनीकरण भएको भन्दै स्थानीयमा निरासा छाएको छ ।

बिकास गर्नुको साटो राजनिति हाबी हुदा जन्मस्थल ओझेलमा परेको भानुभक्तका खनाती सिता प्रसाद आचार्य बताउँनुहुन्छ ।

आदिकवि भानुभक्तले संस्कृतमा उल्लेख भएका भासालाई नेपाली भासामा ढालेर नेपालीलाई बुझ्न सहज भएकाले उहाँँको योगदान अविस्मरणीय रहेको स्थानिय रोहिणिराज पन्डितको भनाइ छ ।

पर्यटकमार्फत् यस क्षेत्रको विकास गर्न घरमात्र नभई आदिकवि आचार्यको पहिचान झल्कने संरचना निर्माण आवश्यक छ ।

स्रस्टाको सम्मानका लागि पनि आदिकविको घर छिटोभन्दा छिटो पुनर्निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्नु जरुरी छ