२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


चीनमा भिषण बाढी, ठूलो जनधनको क्षति


0
Shares

काठमाडौं । चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ । १४१ जना व्यक्तिको निधन भएको या हराएको बताइएको छ ।

तीमध्ये केही व्यक्ति मारिएका र केही बेपत्ता भएका हुनसक्ने छन् । बाढीका कारण ३ करोड ८० लाख व्यक्ति प्रभावित भएका छन् ।

चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो । चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको छ ।

यहाँ पछिल्ला केही दिनमा आएको बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ । चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको हो ।

बाढीका कारण ठूलो संख्यामा नागरिकहरु एक हप्तादेखि नराम्ररी प्रभावित भएका छन् । बाढीले यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्‍याएको छ ।

यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । एजेन्सी