१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माणको घोषणा


0
Shares

jamal girirajmani pokhrel

काठमाडौं, असार २९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौंको जमलमा राष्ट्रिय पुस्तकालयको भवन निर्माण गरिने बताउनुभएको छ ।

डा. डिल्लीरमण–कल्याणी रेग्मी प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको पुरस्कार वितरण समारोहमा बोल्दै शिक्षामन्त्री पोखरेलले भवन निर्माणको घोषणा गर्नुभएको हो ।

प्रतिष्ठानले यस वर्ष राष्ट्रिय शान्ति पुरस्कार २०७६ राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई प्रदान गरेको छ ।

यसैगरी, अन्तर्राष्ट्रिय शान्ति पुरस्कार रिड नेपाल तथा रिड ग्लोबलका संस्थापक अमेरिकी नागरिक डा. एन्टोनिया न्युबरलाई प्रदान गरिएको छ ।

यस्तै, युवा छात्रवृत्तितर्फ रक्षा खड्कालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक पुनले सरकारले कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट आविष्कार क्षेत्रका लागि छुट्याउनुपर्नेमा जोड दिनुभयो ।

रिड ग्लोबलका संस्थापक न्युबरले स्वतन्त्रता र लोकतन्त्रका लागि पुस्तकालयको ठूलो महत्व रहेको बताउनुभयो ।

प्रतिष्ठानले २०६४ सालदेखि डिल्लीरकण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गर्दै आएको छ ।