२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बाढी–पहिरोको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त


0
Shares

gyanendra shah

काठमाडौं, असार २९ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभर बाढी–पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सोमबार साँझ ‘प्रेस नोट’ जारी गर्दै उहाँले यो वर्षको वर्षात्को कारण देशका विभिन्न भागमा बाढी–पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते हुनुपरेको, आफ्नो घर–गोठ तथा जायजेथा गुमाउनुपरेको र धेरै घरबारविहीन भएको सुन्दा, देख्दा र बुझ्दा अत्यन्त दुःखी भएको उल्लेख गर्नुभएको छ ।

पूर्वराजाले शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् भन्दै विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भनी आग्रह गर्नुभएको छ ।

उहाँले हरेक वर्ष हुने यो क्षतिको रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिनसके क्षति न्यूनीकरणमा योगदान पुग्ने भन्दै सम्बन्धित निकायलाई सचेत गराउनुभएको छ ।

पूर्वराजाले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भनी कामनासमेत गर्नुभएको छ ।