
काठमाडौं । चीनले दक्षिणी चिनियाँ सागरमा आफनो प्रभुत्व जमाएको भन्दै अमेरिकाले आपत्ती जनाएको छ ।
चीनले सो क्षेत्रमा सैनिक संरचना र कृत्रिम द्धीप निर्माण कार्य धमाधम थालेपछि अमेरिकाले यसको बिरोध गरेको हो ।
अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले चीनले दक्षिणी चिनिया सागर नियन्त्रणको प्रयास गर्नु गलत र आक्रमक भएको भन्दै चीनको रवैयाप्रति अमेरिकाको आपत्ती रहेको प्रतिक्रिया दिनुभएको छ ।
साथै उहाँले चीनले निर्माण कार्य तत्काल नरोके अन्तराष्ट्रिय कानुनी उपचार खोज्ने चेतावनी समेत दिनुभएको छ ।
चीनले दक्षिणी चिनिया सागरमा बिबादित द्धीप आफनो भएको दाबी गर्दै त्यहाँ सैन्य संरचना निर्माण शुरु गरेपछि अमेरिकी बिदेशमन्त्री पोम्पियोको यो भनाई सार्वजनिक भएको हो ।
सो द्धीप र त्यहाँ रहेका चट्टानमाथि ताइवान, फिलीपिन्स, बु्रनाई, मलेशिया, इन्डोनेशिया र भियतनामले पनि दाबी गर्दै आएको छ ।
सदियौंदेखि बिबादास्पद रहेको सो क्षेत्रमा चीनले सैनिक अखडा बनाउन थालेपछि बिवाद चुलिएको हो ।
अमेरिकी बिदेशमन्त्री पोम्पियोले विवादास्पद सो क्षेत्रको दाबी गर्दै आएका देशहरुमा अमेरिका कुनै पनि देशकोे पक्षमा नरहेको जनाउँदै चीनले आफनो प्रभुत्व जमाएकोमा आपती रहेको बताउँदै चीनलाई निर्माण कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ ।
यद्दपी चीनले भने निर्माण कार्यलाई तीब्रता दिनुका साथै केही चिनिया सेना पनि तैनाथ गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्