१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी : सडक भासिने र पहिरो खस्नेक्रम रोकिएन


0
Shares

काठमाडौं । लगातारको वर्षापछिको पहिरोले सडक बगाउँदा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ ।

भरतपुर–२९ सत्रकिलोमा पहिरो जाँदा सडक बगाएपछि सवारी साधनहरु एक तर्फीरुपले सन्चालन आईरहेका छन् ।

सोमबार बिहान भासिएको सडक दिउँसोबाट दुईतर्फी सन्चालनमा आएपनि गएरातिबाट फेरी सोही ठाउँमा ग्राभेल गरेको सडक पानीले बगाएपछि समस्या भएको हो ।

अविरल वर्षाको साँढे एक फिट पिच सडक भासिएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म पुर्णरुपमा बन्न सकेको छैन ।

यो सडकखण्डमा बर्षेनी पहिरो जाने र सडक भासिने गरेकाले सवारी साधन सञ्चालमा कठिनाई हुने गरेको छ ।

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक