२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


प्रदेश २ का जिल्लाहरु बाढीको उच्च जोखिममा: क्वारेन्टिनहरु समेत खतरामा (भिडियो)


26
Shares

-नविन सिंह, ईमेज
जनकपुर । अबिरल वर्षाका कारण प्रदेश २ का अन्य जिल्लासहित धनुषा समेत बाढीको उच्च जोखिममा परेको छ ।

बाढी र डुबानका कारण सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ ।

निरन्तरको बर्षाले प्रदेशको राजधानी जनकपुरधामका विभिन्न वडासंगै सबैला नगरपालिका, कमला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिका बाढीको उच्च जोखिममा परहेका हुन ।

जिल्लाका विभिन्न स्थानमा पानी पसेपछि डुबानको उच्च जोखिममा परेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बाढी र पहिरोको उच्च जोखिममा रहेको भन्दै प्रशासनले आवश्यक पूर्व तयारी गरीरहेको बताउनुभयो ।

जिल्लामा रहेको कमला नदी, विग्घी, जलाध, गणेशमान चारनाथ र रातो नदीको किनारमा रहेका विभिन्न स्थानीय तहमा बाढी पस्दा समस्या बढ्दै गएको छ ।

वर्षा नरोकीएका कारण उच्च जोखिममा रहेका पालिकाहरुमा रहेका कोरोना संक्रमण व्यक्तिका लागि निर्मित क्वारेन्टिनसमेत खतरामा पर्दै गएका छन् ।

बाढीबाट हुने सम्भावित डुबानलाई मध्यनजर गर्दै समुदाय स्तरमै सुरक्षाकर्मी, रेडक्रसकर्मीसहित स्थानीय युवाहरुलाई परिचालन गरिएको छ ।

बाढीले गर्दा जनकपुरधाम उपमहानगरपालिका, कमला, नगराईन, सबैला, क्षिरेश्वरनाथ सहितका नगरपालिका र जनकनन्दनी, औरही मुखियापट्टी मुसरहनिया गाउँपालिका लगायत पालिका बाढीको उच्च जोखिमका रुपमा हेरिएको छ ।