१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा पहिरोले पुरिएर एकको मृत्यु, तीन बेपत्ता (अपडेट)


0
Shares

स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका– ४ बिर्घास्थित खहरेमा पहिरो जाँदा ७० वर्षीय इमानसिंह रानाको मृत्यु भएको हो ।

उनी साविकको विर्घा गाउँ विकास समितिका पूर्वअध्यक्ष हुन् । पहिरोमा परेर तीन जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन् ।

घाइते बिर्घाकै हुमाकान्त पाण्डे र बुद्ध रानालाई उद्धार गरिएको छ भने प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको र घाइतेको स्थानीय बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुल मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको हो । बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेनाको टोली त्यस तर्फ गएको छ ।