१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको छानबिन गरिने


0
Shares

corona hospital

काठमाडौं, असार ३० । अनुमति नै नलिइकन अवैधरुपमा कोरोना परीक्षण गरी शुल्क लिएका अस्पतालहरुको सरकारले छानबिन गर्ने भएको छ ।

मापदण्डविपरीत स्वीकृतिविना अवैधरुपमा परीक्षण गरी शुल्क लिएको सूचना आएपश्चात् छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

मन्त्रालयले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापन पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

काठमाडौंका ग्रान्डी, ह्याम्स, जोरपाटीको नेपाल मेडिकल कलेजले स्वीकृति नै नलिइ कोरोना परीक्षण गराउँदै आएको बताइएको छ ।

मन्त्रालयले सोमबार छओटा निजी प्रयोगशालालाईमात्र कोरोना परीक्षण गर्न अनुमति दिएको छ ।

परीक्षणवापत् प्रयोगशालाहरुले प्रतिव्यक्ति पाँच हजार ५०० रुपैयाँ रकम प्राप्त गर्नेछन् ।