१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गाउँपालिकाका सूचना अधिकारी घुस रकमसहित समातिए


0
Shares

kailali

बिराज रोस्यारा (इमेज)

कैलाली, असार ३० । कैलालीमा एक गाउँपालिकाका एकजना कर्मचारी ८५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी रहेका छन् ।

जोशीले सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएको अख्तियारले जनाएको छ ।