
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, असार ३० । केही दिनयता भीषण वर्षासँगै आएको बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् ।
बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन् ।
उनीहरुलाई मध्यनेपाल–६, भोर्लेटारको इशानेश्वर माध्यमिक विद्यालयमा राखिएको छ ।
मध्यनेपाल नगरपालिका–६, लामासोतीका २७, रानीपानीका ३१, भदौरेका ११ र गुम्बाबेसीका नौ घर–परिवारलाई सुरक्षित स्थान्तरण गरिएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।
यस्तै, बेसीसहर नगरपालिका, मर्स्याङ्दी, दोर्दी र क्होलासोँथार गाउँपालिकाका ३७ घरका १७५ जनालाई पनि सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णराज शर्माले बताउनुभयो ।
बिहीबार राति बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरो जाँदा एकै परिवारका तीनजनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्