
काठमाडौं, असार ३० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभक्त र विवेकी बन्न आग्रह गर्नुभएको छ ।
उहाँले नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र अवमूल्यन नगर्नपनि आग्रह गर्नुभएको छ ।
मंगलबार ट्वीट गर्दै उहाँले तथ्य नहेरी क्षणिक स्वार्थमा आधारित भएर जेपनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्नुपर्नेसमेत बताउनुभएको छ ।
त्यस्तो प्रवृत्तिले राष्ट्र र समाजलाई राम्रो नगर्ने भन्दै उहाँले ‘नयाँ युवापुस्तालाई हामी के सिकाउँदैछौं ?’ भनी प्रश्न गर्नुभएको छ ।
नेकपा सचिवालय सदस्यसमेत रहनुभएका श्रेष्ठले अर्को ट्वीटमा ‘देशभित्रका सबै निर्णयहरु एउटा वा अर्को विदेशी शक्तिले गरेको हो र नेपाली सबै एउटा वा अर्को ‘परस्त’ हुन् भन्ने आत्मनिन्दक प्रवृत्ति त्याग्नुपर्ने’मा जोड दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्