१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतबाट २१ जना नेपाली महिलाको उद्धार


0
Shares

india women nepal nepali

सुरेन्द्र भण्डारी (इमेज)

झापा, असार ३० । शिक्षित महिलाहरु नै मानव तस्करको फन्दामा पर्ने गरेको खुलेको छ ।

विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुर्‍याएका २१ जना नेपाली महिलाको उद्धार गरिएसँगै यस्तो रहस्य खुलेको हो ।

उद्धार गरिएका उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइएको छ ।

भारतको मणिपुरमा अलपत्र परेका महिलालाई उद्धार गरेर मंगलबार बिहान काँकडभिट्टा ल्याइएको हो ।

वैदेशिक रोजगारीका लागि भनी गएका उनीहरु लामो समयदेखि अलपत्र परेको सूचना पाएपछि माइती नेपालको अगुवाइमा उनीहरुको उद्धार गरेको माइती नेपालका प्रदेश नम्बर–१ का संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

‘लकडाउन’भन्दाअघि नै स्थलमार्गबाट उनीहरुलाई त्यहाँ पुर्‍याइएको बताइएको छ ।

दलालले उनीहरुलाई विभिन्न देशमा राम्रो कामसँगै राम्रो तलबको लोभ देखाएर त्यहाँ पुर्‍याएको घिमिरेको भनाइ छ ।

उद्धारमा नेपाल सरकारका उपसचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौं, भारतस्थित नेपाली दूतावास, भारतमा रहेको उज्यालो होम र माइती नेपाल संलग्न रहेको माइती नेपाल प्रदेश–१ संयोजक घिमिरेले जानकारी दिनुभयो ।

उद्धार गरिएका उनीहरु देशका विभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइती नेपालको स्नेहगृह सतिघट्टामा राखिएको छ ।

उनीहरुमध्ये १२ जनालाई बुधबार काठमाडौं लगिने र अरुलाई काँकडभिट्टाबाटै अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।