
काठमाडौं । अमेरिकामा हत्याको अभियोग लागेका डेनियल लुइसलाई मृत्युदण्ड दिइएको छ ।
अमेरिकाको सर्वोच्च अदालतले उनलाई मृत्यु दण्डको सजाय आदेश दिए लगत्तै डेनियललाई बिषालु इन्जेक्सन दिई मृत्युदण्ड दिइएको हो ।
अमेरिकामा कुनै पनि अभियुक्तलाई बर्षौंसम्म हिरासतमा राखी ढिला गरी मुद्दाको फैसला गरी मृत्युदण्ड दिइएको यो पहिलो पटक हो ।
डेनियलले अमेरिकामा एकै परिवारका तीन सदस्य श्रीमान, श्रीमती र छोरीको सामूहिक हत्या गरेका थिए ।
पीडित परिवारले उनलाई आजीवन काराबासको सजायँ माग गरेको थियो ।
संघीय अदालतमा सन् १९८८ देखि मृत्यु दण्डको सजायँ तोक्ने प्रावधान लागू गरिएको थियो ।
सोही प्रावधान अनुसार डेनियलाई मृत्यु दण्ड दिइएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्