१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रिमियर लिगः चेल्सीद्धारा नरिच सिटी पराजित, तेस्रो स्थानका लागि चेल्सीको पकड बलियो


0
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सीले नरिच सिटीलाई पराजित गरेको छ ।

तालिकाको तेस्रो स्थानमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने अभियानमा रहेको चेल्सीले यो सिजन प्रिमियर डिभिजनबाट झरीसकेको नरिच सिटीमाथि १–० को साँघुरो जित निकालेको हो ।

नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन फ्रेन्च स्ट्राइकर ओलिभर जिरुले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले जारी लिगमा दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको पकड बलियो पारेको छ ।

३६ खेलबाट ६३ अंक जोडेको चेल्सी चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडभन्दा ४ अंकले अगाडि छ ।

तर लेष्टर र म्यान्चेस्टर युनाईटेडले एक खेल खेल्न बाँकी छ । एजेन्सी