
पर्सा । रामको जन्मस्थलको बारेका प्रधानमन्त्रीे केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई पर्साका ठोरीवासीले स्वागत गरेका छन् ।
भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको ठोरीमा भएको बताएपछि ठोरीबासी खुसी भएका हुन् ।
उनीहरुले रामको जन्म ठोरीमा भएको सरकारलाई जानकारी हुँदासमेत यो ठाउँ ओझेलमा परेको गुनासो गरेका छन् ।
उनीहरुले राज्य स्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धाार्मिक पर्यटकीयस्थल ठोरी अन्तराष्ट्रियस्तरमा प्रचार भएको भन्दै यसको धार्मिक तथा पर्यटकीय विकासको लागि सरकारको ध्यानकर्षण गराउने भएका छन् ।
ठोरी गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष रामप्रकाश कुँवरले ओझेलमा परेको धार्मिकस्थल ठोरीलाई सरकारले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
ठोरी छोटी भन्सारभन्दा दक्षिणमा सीता गुफासंगै मन्दिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्