२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जम्बु बाढीपहिरो पीडित ३५ परिवारलाई ग्याँसचुल्हो सहित सिलिण्डर राहत


0
Shares

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका ९ का वडाध्यक्ष तथा स्थानीय काँग्रेस नेता सानु लामालगायतको पहलमा जम्बु बाढी तथा पहिरो पीडितलाई ३५ सेट ग्याँस चुल्होसहित सिलिण्डर सहयोग गरिएको छ ।

जम्बु बाढीपहिरो पीडितलाई मंगलबार वडाध्यक्ष लामा र स्थानीय युवाहरु मिलेर ३५ सेट ग्याँस चुल्होसहित सिलिण्डर वितरण गरेका हुन् ।

ग्याँस चुल्हो र सिलिण्डर बोकेर स्थानीय छिरिङ लामा, अनिल लामालगायत युवाहरु जम्बु पुग्नुभएको थियो ।

सडक बाटो भोटेकोशी बाढीले ठाउँमा ठाउँमा बगाएकाले बाह्रबिसेबाट हिडेरै जम्बु पुग्नुपर्ने हुन्छ । बाह्रबिसेबाट जम्बु करिब तीन किलोमिटरको दुरीमा छ ।

वडाध्यक्ष लामाले आफ्नो फेसबुक पेजमा पनि जम्बुमा भएको मानवीय र भौतिक क्षतिप्रति आफू भावुक भएको र अतिआवश्यक सामान दिने साथीहरुबीच सल्लाह भए बमोजिम ग्याँस चुल्हो र सिलिण्डर ३५ परिवारलाई सहयोग गरेको लेख्नुभएको छ ।

ग्याँससहितको चुल्हो पाएर स्थानीय बाढीपीडितहरु खुशी भएका छन् ।