
काठमाडौं । भारतमा कोरोना महामारी तीब्र गतिले फैलंदै गएपछि नयाँ दिल्लीको उच्च र अन्य अदालतको कामकारबाही आगामी ३१ जुलाई सम्मको लागि बन्द गरिएको छ ।
जस अनुसार आगमी ३१ जुलाई सम्मका लागि भारतको अदालती कामकारबाही प्रभावित हुने भएको छ । भारतको नयाँ दिल्लीको उच्च अदालतको प्रधानन्यायाधिशको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
यसबीचमा गहन मुद्दाको सवालमा भिडियो कन्फरेन्स मार्फत सुनुवाई हुनेछ भने अन्य मुद्दाको हकमा भने कुनै सुनवाई हुने छैन ।
कैदी बन्दीलाई सुनवाईको क्रममा अदालत ल्याईदा कोरोना संक्रमण फैलन सक्ने भन्दै यस्तो निर्णय गरिएको भारतको उच्च अदालतले जनाएको छ ।
भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने हालसम्म नयाँ दिल्लीमा मात्रै ४ हजार बढीको मृत्यु भइसकेको छ जहाँ संक्रमितको संख्या नयाँ दिल्लीमा मात्रै १९ हजार नाघिसकेको छ ।
भारतमा कोरोनाका कारण हालसम्म २४ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ९ लाख ३७ हजार भन्दा माथि पुगेको छ ।
बिश्वभर कोरोनाका कारण ५ लाख ८१ हजार बढीको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ करोड ३४ लाख ५७ हजार ५ सय नाघेको छ ।
जसमा अमेरिकामा कोरोनाका कारण सबैभन्दा धेरै १ लाख ३९ हजार १ सय बढीको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या ३५ लाख ४५ हजार नाघेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्