
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सैन्य विभाग प्रमुखलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिकाबाट विप्लवका पूर्व कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनलार्ई विशेष सूचनाका आधारमा आफ्नै निवासबाट पक्राउ गरिएको जनाइएको छ । उनको साथबाट कटुवा पेस्तोल एक थान , तीन राउन्ड गोली र सकेट बमका साथमा बम बनाउने र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
सैन्य बिभाग प्रमुख बोहरालाई आजै म्याद थप गरी अनुसन्धान अघी बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्