
काठमाडौं । एनआरएन युएईले यूएईमा अलपत्र नेपालीलाई तत्काल नेपाल फर्काउन नेपाल सरकारसँग आग्रह गरेको छ ।
एनआरएनले एक विज्ञप्ति जारी गर्दै भिसा सकिएका नेपालीहरुको उद्धारकालागि उडान बढाउन र साधारण उडानबाट उद्धार गर्न आग्रह गरेको छ ।
युएईले जुलाई १२, २०२० सम्म क्यान्सिल भइसकेको रेसिडेन्स भिसा र म्याद सकिएको भिजिट भिसा बाहकलाई ११ अगष्ट, २०२० सम्म आफ्नो मुलुक नफर्किए कानुन बमोजिम जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।
अगष्टसम्म आफ्नो देश नफर्किए नेपालीहरुले पहिलो दिनको १ सय २५, रिन्युअल पेनाल्टी र लिभ पर्मिटको २ सय ८७ फाइन र हरेक दिन २५ रेसिडेन्ट भिसा र एक सय भिजिट भिसाका दरले जरिवाना तिर्नुपर्नेहुन्छ ।
महिनौं देखि बेरोजगार भएका हजारौंका संख्याका नेपालीहरुलाई यो अप्ठ्यारो परिस्थितिबाट बचाउन एनआएनले नेपाल सरकारलाई आग्रह गरेको हो ।
यो नियम युएईले जुलाई १२ बाट लागु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्