१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उदयपुरमा १५ जनाले कोरोना जिते, तीन वर्षीया वालिकाको रिर्पोट नेगेटिभ


0
Shares

-केदार कटुवाल/ईमेज
उदयपुर । पछिल्लो पटक खुलेको उदयपुर कोभिड–१९ अस्पताल बेलटारबाट १५ जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन ।

पहिलो पटक उदयपुर कोभिड १९ अस्पताल बेलटारबाट कोरोना परास्त गर्नेमा ७ महिला र ८ पुरुष रहेका छन ।

जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार कटारी नगरपालिका का १९ र २१ बर्षिय पुरुष , १० र १२ वर्षीया किशोरी, त्रियुगा नगरपालिका का ४०, ३५ , २६ , ३० र २३ बर्षिय पुरुष ५०, ३७, ३०, ३० वषीया महिला छन् ।
त्यस्तै ताप्ली गाउँपालिकाका ३५ बर्षिय पुरुष र लिम्चुबुङकि ३८ वर्षीया महिला रहेका छन ।

असार १३ गते उपचारका लागि भर्ना भएका सबैजना १६ दिनको उपचारपछि घर फर्किएका हुन ।त्यस अस्पतालमा अब आठ जना उपचाररत रहेको र सबैको अवस्था सामान्य रहेको छ ।

भारतबाट फर्किएर त्रियुगा जनता क्याम्पस मोतिगडा क्याम्पसमा १४ दिन क्वारेन्टाइन उपचारको क्रममा १७ दिन बाबुआमासंगै रहेकी बालिकाको भने रिपोर्ट नेगेटिभ देखिएको छ ।

बाबुमा असार ७ गते र आमामा १३ गते पोजेटिभ संक्रमण देखिए पनि क्वारेटाइन र आइसोलेसन संगै रहेकी तीन वर्षीया बालिकामा भने तीन पटकसम्म स्वाब परिक्षण हुँदा समेत नेगेटिभ देखिएको स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभएको छ ।