१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयबाट व्यवसायी नै पछि हटे


0
Shares

काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाएपछि सार्वजनिक यातायात पनि सञ्चानलन गर्न दिनुपर्ने माग व्यवसायीले गरे ।

उनीहरूको माग सम्बोधन गर्दै सरकारले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गर्‍यो ।

तर सरकारको निर्णयलगत्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विभिन्न सर्त अघि सार्दै गाडी नचलाउने निर्णय गर्‍यो ।

महासंघ मातहतका व्यवसायीलाई गाडी नचलाउन निर्देशन नै जारी गरियो । तर, कम्पनी मोडलमा दर्ता भएका र महासंघ मातहतमा नरहेका अन्य केही यातायात व्यवसायीले गाडी गुडाउन थालेसँगै महासंघलाई भने दवाव परेको छ ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले आफूहरूको कुनै माग नै नरहेको बताउनुभयो । उहाँले सरकार सवारीसाधन चलाउँदा चालक र सहचालकको स्वास्थ्य सुरक्षाका बारेमा मात्र प्रश्न उठाएको बताउनुभयो ।

उहाँले सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सवारीसाधन सञ्चालन गर्न भनेपनि चालक र सहचालकको सुरक्षाका बारेमा केही उल्लेख नगरेको उहाँले बताउनुभयो ।

महासंघमा २९४ वटा सार्वजनिक यातायात व्यवसायीका कम्पनी आवद्ध छन् ।

सार्वजनिक यातायात सञ्चालन गर्दा मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री सरकारले दिनुपर्ने माग व्यवसायीको छ ।