
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताउनुभएको छ ।
चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताउनुभयो ।
पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४ औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
“फागुन ७ देखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,” उहाँले भन्नुभयो ।
नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाउनुभयो ।
कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उहाँको भनाइ छ ।
उहाँले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।रासस
प्रतिक्रिया दिनुहोस्