२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सर्पले डस्दा किशोरीको मृत्यु


0
Shares

Snake

बैतडी, असार ३१ । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–२, महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

भागरथीलाई घरको आँगनमा रहेका बेला मंगलबार बेलुका सर्पले डसेको र उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष चन्दले बताउनुभयो ।

मृतक किशोरी देवथला माध्यमिक विद्यालयमा कक्षा–७ मा अध्ययनरत् थिइन् ।