१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिल गेट्स र ओबामासहित विश्व चर्चित ब्यक्तिको ट्वीटर एकाउण्ट ह्याक


0
Shares

काठमाडौं । विश्वका प्रख्यात अरबपति एवं चर्चित ब्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ ।

अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, गायक कान्ये वेष्टलगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो ।

यी ब्यक्तिहरुको एकाउण्ट ह्याक गर्नेले क्रिप्टोकरेन्सी भनेर चिनिने अभौतिक मुद्रा बिटक्वाइनको प्रयोगबारे अफबाह फैलाएका थिए ।

ह्याकरहरुले बिल गेट्सको एकाउण्टमा समाजका लागि बिटक्वाईनमार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डलर फर्काउने लेखिएको थियो ।

ह्क्याकरहरुले यी स्टाटसहरु पोष्ट गरेको केही मिनेटमै मेटाइएका थिए । ट्वीटरले घटनाबारे गम्भिर छानविन गरिरहेको जनाएको छ ।(एजेन्सी)