२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलका राष्ट्रपतिको दोस्रो कोरोना टेष्ट रिपोर्ट पनि पोजेटिभ


0
Shares

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनाराको दोस्रो पटकको कोरोना टेष्टको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

राष्ट्रपति बोल्सोनाराले पछिल्लो पटक भएको परीक्षणमा पनि आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।

गत साता कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

झण्डै हप्ता दिनपछि गरेको परीक्षणमा पनि संक्रमण कायमै रहेको देखिएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा ब्राजिल दोस्रो स्थानमा छ ।

ब्राजिलमा संक्रमितको संख्या १९ लाख ७० हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ७५ हजार ५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।(एजेन्सी)