१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैदी महिलाको मृत्यु


0
Shares

नीरज पिठाकोटे (इमेज)

पर्सा, साउन १ । वीरगन्ज कारागारकी एक कैदी महिलाको मृत्यु भएको छ ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेकी वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ की ४९ वर्षीया कान्तिह भनिने सविला खातुनको मृत्यु भएको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारकाक्रममा बुधबार राति साढे ११ बजेतिर उनको मृत्यु भएको वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबारै अस्पताल लगिएको थियो ।

लागुऔषध मुद्दामा पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना फैसला गरेपछि उनी सजाय भुक्तान गरिरहेकी थिइन् ।

खातुनमा लामो समयदेखि चर्मरोगको समस्या थियो ।

जेलर पोखरेलकाअनुसार अदालतले गरेको फैसलाअनुसार १५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवानावापत् कैद बसिरहेकी थिइन् ।

खातुनको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ ।