
पोखरा, साउन १ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारदेखि स्नातकोत्तर तहको अध्यापन सुरु भएको छ ।
चिकित्सा शिक्षा आयोगबाट हाललाई १७ सिट स्वीकृतबमोजिम खुला १२ जना र सरकारीतर्फबाट पाँचजना गरी १७ जना चिकित्सक विद्यार्थी भर्ना भएका छन् ।
वि.सं. २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा पोखरामै पहिलोपटक स्थापित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७२ साल माघ १२ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित भएको हो ।
कोरोनाभाइरस संक्रमणको नियन्त्रण तथा उपचार सम्बन्धमा अस्पताललाई प्रदेश सरकारले कोरोना ‘डेडिकेटेड’ अस्पतालको रुपमा सूचीकृत गरेको थियो ।
अस्पतालमा प्रिआइसोलेसन र आइसोलेसन वार्ड निर्माण गरी कोरोना संक्रमितको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्